Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


भक्तपुरमा ग्यास कालोबजारी गरेको आरोपमा संचालक पक्राउ


377
Shares

काठमाडौं । भक्तपुर प्रहरीले खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका-२, दुवाकोट बारुदखाना चोकमा त्वयना किराना पसल सञ्चालन गर्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई पक्राउ गरेको जनाएकाे हो । त्वयनाले उपभोक्ताहरूलाई प्रतिसिलिन्डर सात हजार रुपैयाँसम्म लिई ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो । सोही जानकारीका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा तीन थान ग्यास सिलिन्डर बरामद गरेको छ ।

पक्राउ परेका पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएकाे हाे।