काठमाडौं । सरकारले तीन ओटा प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित प्राज्ञ सदस्यहरु नियुक्त गरेको हो ।
जस अनुसार प्रज्ञा प्रतिष्ठानको कुलपतिमा आख्यानकार कुमार नगरकोटी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकारलाई र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सर्जक ब्रजेश खनाललाई मनोनित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले गत मंगलवार ती संस्थामा कुलपति तथा प्राज्ञसभा सदस्यहरू गर्नुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस पौडेल) ले तीनै कुलपतिलाई शपथग्रहण समेत गराउनुभएको छ ।









प्रतिक्रिया दिनुहोस्