Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सल्यानमा गाेली लागेर एक जनाकाे मृत्यु


130
Shares

सल्यान । सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी–२ बराहढुँगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।

साथीहरूसँग सिकार खेल्न गएका पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ। घटनापछि उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा सिकार खेल्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Skip This