Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा चालक तथा सहचालकको सडकमै स्वास्थ्य परीक्षण


104
Shares

अर्घाखाँची । अर्घाखाँचीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले २ सय ८२ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुत्तः आयोजनामा तथा जिल्लामा सञ्चालनमा रहेका यातायात प्रालिहरूसँगको समन्वय र शितगंगा नगरपालिकाको सहयोगमा जिल्लाको प्रमुख सडक सन्धिखर्क -गोरुसिंगे सडग अन्तर्गत ठाडामा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हाे। २ दिनमा विभिन्न सवारी साधनका २ सय ८२ जना चालक तथा सहचालकको रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर) तथा आँखाको परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख लाल बहादुर कुवरले बताउनुभयो।

जसमध्ये प्रेसर ३४ जना सुगर ७ जना र आखाँको समस्या–३ जनामा देखिएको जनाएको छ। चालकको स्वास्थ्य अवस्था नियमित परीक्षण गरी सुरक्षित सवारी सञ्चालनमा सहयोग पुर्‍याउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले शितगंगा नगरपालिकाले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनुभयाे।

Skip This