Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


ट्रेकिङको क्रमा अलपत्र तीन जनाको उद्दार


650
Shares

पोखरा । कास्कीको मर्दी हिमालमा ट्रेकिङको क्रममा सम्पर्क विहिन भएका तीन जना पुरुषको सकुशल उद्धार गरिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ बादलडाँडास्थित मर्दी हिमाल ट्रेकिङका लागि पुगेका तीन जनाको बिहिबार उद्धार गरिएको हो ।

साउनको १९ गते उनीहरु ट्रेकिङका लागि गएका थिए तर, २० गते उनीहरु सम्पर्क विहिन हुन पुगेका थिए ।
जंगलमा अलपत्र परेपछि बादलडाँडाका होटल व्यवसायी संचालक प्रेम अधिकारी सहित ४ जनाले खोजतलास गरेपनि फेला पर्न सकेको थिएन ।

त्यसपछि शसस्त्र प्रहरी बलको कालिका गणबाट सहायक प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टोली आवश्यक उद्दारका सामग्रीहरु सहित खोज तथा उद्दारको लागि खटिएका थिए ।

उनीहरुले कास्कीको अन्नपुर्ण गाउँपालिका ११ छुमरुङको फेदी स्थित मोदी खोलाको पूर्वपट्टी सकुशल देखेका थिए ।
उक्त स्थानमा मोदी खोलाको बहाव उच्च भई खोला तर्न सक्ने अवस्था नभएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल टोलीले निर्माणाधिन अप्पर मोदी हाईड्रोपावरको एक्साभेटरको सहायतामा उद्धार गरेपनि तत्काल सम्भव नभएपछि हराएको दोस्रो दिनमा मात्रै उद्धार गर्न सफल भएको हो । उनीहरुलाई बिहिबार पाँच घण्टाको प्रयासपश्चात सकुशल उद्धार गरेको हो ।