Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रौतहटमा करिब १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकरमा आगलागी, ट्यांकर चालक सकुशल


286
Shares

काठमाडाैं । रौतहटमा बिहीबार करिब १२ हजार लिटर पेट्रोल बोकेको ट्याङकर दुर्घटना भएपछि आगलागी भएको छ।

पूर्व-पश्चिम राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भएलगत्तै आगलागी भएको हाे। म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बिहीबार बिहान साढे ५ बजे ट्याङ्कर अनियन्त्रित भएर दुर्घटनामा भएकाे जनाएकाे हाे।

ट्राफिक प्रहरीले ट्यांकर चालक सकुशल रहेको र आगो नियन्त्रणमा आएपछि सडक सुचारु भएको समेत जानकारी दिएकाे छ।