काठमाडौं । सुनसरीकाे देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रविन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन् ।
गृहमन्त्री गुरुङले त्रिवि शिक्षण अस्पतालमा पुगेर उनका आफन्तसँग छलफल गर्नुभएकाे हाे । गृह मन्त्रालय स्रोतले बुधबार फेरि दोस्रो चरणमा छलफल हुने भएको जनाएकाे छ। उनको शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मृतकका बुबा–आमा आएपछि फेरि छलफल गर्नेगरी मंगलबारको छलफल सकिएको गृह मन्त्रालय स्रोतले जनाएकाे हाे ।
यद्यपि रविन्द्रको शव भने अस्पतालमै राखिएको छ । परिवारले शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफैं पुगेर छलफल गर्नुभएकाे हाे । यसअघि मंगलबारै गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गर्नुभएकाे थियाे।
गृहमन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरुको सहभागिता थियो । गृहमन्त्री गुरुङको सचिवालयले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल भएकाे जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्