Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सर्लाहीमा स्रोत नखुलेको १३ लाख रकमसहित २ जना शस्त्र प्रहरीकाे नियन्त्रणमा


169
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले सर्लाहीको पर्सा गाउँपालिका–६. स्थित सीमा ईलाकाबाट मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको जनाएकाे हो । नियन्त्रणमा लिइएकाहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षीय साजन मुखिया रहेका सशस्त्र प्रहरीले जानकारी दिएकाे छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सग्रामपुर सर्लाहीले भारतबाट नेपाल आउँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा साथमा फेला परेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाएकाे हो । बरामद रुपैयाँमा एक हजार दरको १३ सय थान नेपाली रुपैयाँ रहेको छ ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे हाे ।