काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एक जना घाइतको पनि निधन भएको छ ।
प्रहरीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार उपचारकै क्रममा रविन्द्र मेहताको निधन भएको जनाएकाे हो । हिन्दु र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका २ जना युवाको निधन भएको थियो । कप्तानगन्ज घटनामा मेहतासँगै निधन हुनेको संख्या ३ जना पुगेकाे छ।
अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्