Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


बागमती र कर्णालीसहित देशका ७ प्रदेशमा आज मध्यमदेखि भारी वर्षा हुँदै


234
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।

मंगलबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको हाे। देशैभर साधारणतया बादल लागेको छ। कोशी, कर्णाली, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, मंगलबार दिउँसो भने देशैभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भाग केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, मंगलबार राति भने देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको केही स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना छ।

कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका पहाडी तथा तराई भू-भागमा केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका हिमाली-पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।