Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


सिरहामा घुस लिएको आरोपमा वन अधिकृत यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर


182
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सिरहाको सवडिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेबल राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले अधिकृत आठौं प्राविधिक यादवले काष्ठ उद्योगका लागि ल्याइएको काठ सिलबन्दी अनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने तथा काठ बोकेर आएका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिइ घुस मागेको आरोप लागेको हो ।

सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार घुस लिइसकेकाे अवस्थामा पक्राउ गरेको थियो ।