काठमाडाैं ।
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टराइलाई आज दिउँसो काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।
तिब्बती शरणार्थीका नाममा गैरकानुनी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
सीआइबीले भट्टराई विरुद्ध गत सोमबार नै राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरिसकेको बुझिएको छ । मुद्दा दायर हुँदा पनि उनी उपस्थित नभएपछि अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा आज नियन्त्रणमा लिइएको पनि सीआइबीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्