Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सुनसरीकाे देवानगञ्ज र हरिनगरका सबै क्षेत्रमा निषेधाज्ञा जारी (सूचनासहित)


364
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले एक सूचना जारी गर्दै सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म लागू हुनेगरी देवानगञ्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएकाे हाे ।

यहि साउन १० गते सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो । तर अहिले सोही क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।