काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पुन: पक्राउ पर्नुभएकाे छ।
व्यवसायी प्रसाईलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति नै पक्राउ गरेको हो । प्रहरीले भक्तपुरस्थित निवासबाटै उहाँलाई पक्राउ गरिएको छ । उहाँले आइतबारै दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन गर्ने घोषणा गर्नुभएकाे थियाे ।
यसअघि पनि उहाँले भड्काउ अभिव्यक्ति दिने समेत गरेकाे प्रहरीकाे दावी छ। व्यवसायी प्रसाईलाई विभिन्न आरोपमा यसअघि पनि पटक-पटक पक्राउ पर्दै आउनुभएकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्