Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु


78
Shares

काठमाडौँ । गत बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७ गतेसम्म देशका विभिन्न भागमा चार हजार ५३ विपद्जन्य घटना हुँदा एक सय ९६ जनाको मृत्यु , एक हजार दुई सय १८ जना घाइते र ४ बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी एक हजार २४ वटा आगलागीका घटना, सर्पदंशका सात सय १६, पहिरोका छ सय ८५, हावा हुरीका चार सय ८०, चट्याङका दुई सय ३१, भारी वर्षाका दुई सय २७, वन्यजन्तु आक्रमणका दुई सय २५ , बाढीका २ सय र वन डढेलोका एक सय ९१ वटा लगाएतका विपद्का घटना भएका छन् ।

यस अवधिमा विपद्का विभिन्न घटनामा देशभरका पाँच हजार एक सय ८८ घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।