Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


सिरहाकाे गोलबजार क्षेत्रमा बनाइयो कर्फ्यू खुकुलो (सूचनासहित)


117
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश खुकुलो बनाएको छ ।

जिप्रकाले आइतबार एक सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यू खुकुलो पारिएको जनाएकाे हाे । स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिने जारी सूचनामा भनिएकाे छ।

साथै गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दुरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न र कर्फ्यू खुकुलो पारिएको समयमा ५ जना भन्दा बढी भेला नहुन समेत सूचित गरिएको जिप्रकाले जनाएकाे हाे।