Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


दोलखा र रामेछापसहित ३७ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


312
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै दोलखा र रामेछापसहित ३७ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिमको रहेकाे जनाएकाे छ।

महाशाखाले कतिपय साना ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएकाे हाे । साेही दिन संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान रहेको छ ।

महाशाखाले त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दी लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे हाे ।

Skip This