Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


पाकिस्तानकाे हिमपहिरोमा परी बेपत्ता भएका ६ जना नेपाली पर्वतारोही अझै ‘बेपत्ता’ को सूचीमा


0
Shares

काठमाडौं । नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूमध्ये ६ जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको जनाएको छ ।

केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि पर्यटन विभागले हालसम्म कुनै पनि आरोहीको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । विभागले आरोहण टोलीमा रहेका ६ जना नेपालीलाई अझै ‘बेपत्ता’ सूचीमै राखेको हाे ।

यसैबीच, पर्यटन विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उद्धार तथा खोजी कार्यमा पाकिस्तान सरकारसँग आवश्यक समन्वय गर्न इस्लामावादस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बीबीसीले जनाएकाे जानकारी गराएकाे छ।

यसअघि अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राममा पोस्ट गर्दै जमिनमा खटिएका उद्धार टोलीले चार वटासम्म शव फेला पारेको बताउनुभयाे ।