काठमाडाैं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले जनाएको हाे । जारी सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
नेपाल रेल्वे कम्पनीले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डमा हाल सञ्चालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म सञ्चालन गर्न नसकिने जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्