Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सुनसरी घटनामा ज्यान गुमाएका परिवार र सरकारबीच ७ बुँदे सहमति (पत्रसहित)


39
Shares

काठमाडाैं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ ।

यहि साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबीच बिहीबार राति औपचारिक रुपमा सम्झौता भएको हो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानून बमोजिम तत्काल कानूनी कारबाही अगाडि बढाउने दुई पक्षबीच सहमति भएको हाे ।