Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


काठमाडौंको तीनथानामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु


39
Shares

काठमाडौं । काठमाडौंमा साेमबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा साेमबार बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपाल र चन्द्रागिरि नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेको प्रहरीले जनाएकाे छ।

सोमबार बिहान सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एक-आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।