Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


कंगोमा इबोला महामारीका कारण मृत्यु हुनेको संख्या १४ सय नाघ्याे, ३ हजार २ सय संक्रमित


143
Shares

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा इबोला महामारी तीव्र रूपमा फैलिँदै गएको छ।

इबोला महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको हाे। सरकारी तथ्यांक अनुसार संक्रमितको सङ्ख्या ३ हजार २ सय पुगेको छ। गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । जसका लागि हालसम्म स्वीकृत खोप वा उपचार उपलब्ध छैन। पछिल्लो १० दिनमै करिब १ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले करिब ९० प्रतिशत सङ्क्रमित उत्तरपूर्वी इटुरी प्रान्तमा रहेकाे जनाएकाे हाे। सङ्क्रमण हाल पाँच वटा प्रान्तमा फैलिसकेको छ। स्वास्थ्यकर्मीहरूको तलब विवादका कारण भएको हडतालले पनि नियन्त्रण प्रयास प्रभावित झएको अधकिारीहरूले बताएका हुन्।

यसैबीच, अक्सफोर्ड विश्वविद्यालयले बन्डिबुग्यो प्रजातिविरुद्ध विकास गरिएको प्रयोगात्मक खोपको पहिलो चरणको परीक्षण स्वयंसेवकमा शुरु गरेको जनाएको छ। वैज्ञानिकहरूले सम्भावित खोप र उपचारको विकासलाई तीव्रता दिएकाे जनाइएकाे छ।