Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलामा आज नेपालले नामिबियाकाे सामना गर्दै


0
Shares

काठमाडाैं । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा साेमबार नेपालले नामिबियाकाे सामना गर्दैछ।

नेदरल्यान्ड्समा साेमबार दिउँसो पानै ३ बजेदेखि नेपालले नामिबियाकाे सामना गर्ने भएकाे हाे । नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिने भएका हुन् ।

हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजय बेहोरेको थियो । नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनको हार व्यहोरेको थियो ।

त्यसैले दुवै टोली साेमबारको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहने भएका छन् ।