काठमाडाैं । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ ।
आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएकाे हाे । बङ्गलादेशले दोस्रो सेट २५–१९, चौथो सेट २५–२३ र पाँचौँ सेट १५–११ ले जित्यो । नेपालले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले जितेकाे हाे ।
योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ । यसअघि नेपाल उद्घाटन खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२ र तेस्रो खेलमा पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
अब नेपालले आफ्नो अन्तिम खेलमा साेमबार उज्वेकिस्तानसँग सामना गर्ने भएकाे छ । ६ वटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने भएका हुन् । काभा च्याम्पियनशिपको फाइनल खेल यहि साउन १३ गते हुने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्