Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


नेपाल भलिबल लिगको अक्सन आज हुँदै, १२९ जना खेलाडी समावेश


117
Shares

काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसाे हुँदैछ ।

ललितपुरको ग्वार्काेस्थित होटेल रोयल टुलिपमा आइतबार दिउँसो २ बजेदेखि अक्सन शुरु हुने भएकाे हाे । अक्सनमा क्याटोगरी ‘ए’मा ५६ र ‘बी’मा ७३ गरी १ सय २९ जना खेलाडी रहने भएका छन् । क्योटगरी ‘ए’का खेलाडीको न्यूनतम मूल्य एक लाख र अधिकतम एक लाख २० हजार रुपौयाँ रहने भएकाे हाे । क्याटोगरी ‘बी’का निम्ति न्यूनतम मूल्य ५० हजार र अधिकतम ७० हजार रुपैयाँ तोकिएको छ ।

६ टोली सहभागी हुने फ्रेन्चाइज पुरुष भलिबल लिगमा यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक गरिएको छ । खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेश वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका हुन् । अन्नपूर्ण स्पाइकर किंग्समा हिमाल सुनारी, कर्णाली शिवराजमा पहल गहतराज र काठमाडौं रेड्समा सुनिल बोहरा मार्की रहेका छन् ।

खप्तडमा रूपेशकुमार विष्ट, मधेशमा भरत यादव र सगरमाथामा उत्सव खड्का प्रशिक्षक छन् । रमेश केसीले अन्नपूर्ण, चन्द्रबहादुर कुँवरले कर्णाली र नृपबहादुर विकले काठमाडौंको प्रशिक्षण सम्हाल्ने भएका हुन् । नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा हुन लागेको प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुद्देश्यीय कभर्डहलमा आगामी भदौ १२ देखि २० गतेसम्म सञ्चालन गरिने भएकाे छ।