काठमाडाैं । नेपाली बजारमा शुक्रबार भने सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार तोलामा चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको थियाे । चाँदी शुक्रबार चार हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ५५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्