Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


इरानविरूद्धकाे युद्ध सम्बन्धी अधिकार सीमित गर्ने उद्देश्यसहितको प्रस्ताव अमेरिकी सदनबाट पारित


13
Shares

एजेन्सी। अमेरिकी प्रतिनिधिसभाले कंग्रेसको पूर्वस्वीकृतिबिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सञ्चालन गरिरहेको सैन्य कारबाहीलाई सीमित गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ।

जसलाई इरानसँगको द्वन्द्वमा राष्ट्रपति ट्रम्पले अपनाएको नीतिप्रति सांसदहरूले व्यक्त गरेको पछिल्लो ठूलो असहमतिको रूपमा हेरिएको हाे । डेमोक्रेटिक सांसद प्रमिला जयपालले प्रस्तुत गरेको उक्त प्रस्तावको पक्षमा चार रिपब्लिकन सांसदले डेमोक्र्याटहरूसँगै मतदान गरेका थिए ।

प्रस्तावको पक्षमा २ सय १४ र विपक्षमा २ सय ८ मत परेको थियो ।

Skip This