Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


मधेश प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत धान रोपाइँ सम्पन्न


13
Shares

फाइल तस्बिर

काठमाडाैं । मधेश प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत धान रोपाइँ भएको छ।

यो तीन लाख हेक्टर भन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो । साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५ सय ८० हेक्टरमा धान रोपाइँ भएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। मधेशमा सबै भन्दा बढी सिरहामा ९४ प्रतिशत रोपाइँ भएको हाे । सबै भन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ ।

किसानले यस वर्ष उन्नत जातका धानका बीउ प्रयोग गर्नुका साथै रासायनिक र प्रांगारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयले जनाएकाे हाे । केही स्थानमा भने सिंचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् ।