काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार पनि देशका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान साढे ११ बजे प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको हाे । छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायकाे बारेमा उनीहरूसँग छलफल गर्नुहुने भएकाे हाे । केही समयदेखि प्रधानमन्त्री शाहले देशको अर्थतन्त्र प्रवर्द्धनका खातिर निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गर्दै आउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्