रामेछाप ।
पत्रकार मत्रीका पौडेललाई पुष्पला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
पत्रकारिताको माध्यमबाट नेपाली समाजको रूपान्तरण, वामपन्थी आन्दोलन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई यो प्रेस चौतारी नेपाल रामेछापले पुरस्कार प्रदान गरेको हो।
प्रेस चौतारी नेपाल रामेछापले संस्थापना गरेको पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरि पत्रकार पौडेललाई नगद २५ हजार सहित सम्मान गरिएको हो । लामो समयदेखि खोजमूलक र निष्पक्ष पत्रकारितामा सक्रिय पौडेल सामाजिक, राजनीतिक तथा विकास निर्माणका मुद्दाहरूलाई निरन्तर उठान गर्दै आउनुभएको छ। विभिन्न सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा निर्वाह गर्नु भएका पौडेल नेपाल प्रेस डटकमका प्रधान सम्पादन हुनुहुन्छ ।
सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिँदै पत्रकार पौडेलले यो सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा अझ बढी जिम्मेवार र निष्ठापूर्वक लाग्न प्रेरणा मिलेको बताउनुभयो। “पुष्पलालजस्ता महान् नेताको नाममा स्थापित पुरस्कार पाउनु मेरो लागि ठूलो गौरवको विषय हो,” उहाँले भन्नुभयो, “यसले मेरो व्यावसायिक यात्रामा अझ ठूलो दायित्व थपेको महसुस गरेको छु।”
कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेख बहादुर बिकको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रिय कमिटिका महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।









प्रतिक्रिया दिनुहोस्