Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ


14.8k
Shares

काठमाडौं । कथावाचिका राधिका दासीको उजुरीका आधारमा वेदिका केसी पक्राउ परेकी छन्।

सामाजिक सञ्जालमार्फत गाली–बेइज्जती तथा अफवाह फैलाएको आरोपमा साइबर ब्युरोको टोलीले बिहीबार उनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरिका अनुसार उजुरीका आधारमा थप अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको छ।

वेदिका केसीले सामाजिक सञ्जालमार्फत हिन्दु तथा सनातन धर्मभित्रका विकृतिविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै आएकी थिइन् भने कथित धामी र माताहरूको पनि आलोचना गर्दै आएकी थिइन्।

Skip This