काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीवार पनि आन्दोलन जारी राखेका छन् ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रुपमा जारी राख्ने उनीहरुको चेतावनी छ । सुकुम्बासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।
सरकार भूमि भएका र नभएका नागरिकको छानविन गरेर मात्र सुकुम्बासी बस्ति हटाउनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ छ । उहाँले आफूहरुको वैकिल्पक व्यवस्थापन नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो,‘जबसम्म सरकारले सुुकुम्बासी नागरिकको उचित व्यवस्थापन गरेर समस्या समाधान गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।
आन्दोलन झन चर्किंदै जान्छ । किनभने पूर्वसूचना समेत नदिई एक दिनको सूचनाको आधारमा सुकुम्बासीको बास उठाइदियो । कोसँग भूमि छ रु कोसँग छैन रु सुकुम्बासी हो कि हुकुम्बासी हो रु सरकारले छानविन गर्नसक्छ । यसरी सपनामा जस्तो सुकुम्बासी नागरिकलाई तितरबितर गर्न पाउँदैनथ्यो । भर्खरै आएर बसेको भए एउटा कुरा हुन्थ्यो । हामी त २०औँ वर्षदेखि यहाँ बसिरहेको हो नि । सरकारले हामीसँग यो विषयमा छलफल गरेर र उचित छानविन गरेर गर्नुपथ्र्यो । त्यसो नभएको हुनाले हामी आन्दोलनरत छौँ । हाम्रो उचित व्यवस्थापन नहुँदासम्म हामी आन्दोलनमा रहन्छौँ ।’
सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्