एजेन्सी। अमेरिकाले साउदी अरबसँग एक ऐतिहासिक परमाणु सम्झौतामा हस्ताक्षर गरेको छ ।
साउदी सरकारले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण परमाणु ऊर्जासम्बन्धी वार्तालाई अन्तिम रूप सम्झौतामा हस्ताक्षर भएको पुष्टि गरेको बीबीसीले जनाएको हाे । अमेरिकी ऊर्जा मन्त्रालयले अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट र साउदी अरबका ऊर्जामन्त्री तथा उद्योग एवं खनिज स्रोतमन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले शान्तिपूर्ण परमाणु सहयोग सम्झौता तथा त्यससँग सम्बन्धित द्विपक्षीय सुरक्षा प्रत्याभूति सम्झौतामा हस्ताक्षर गरेकाे जनाएकाे छ।
अमेरिकी ऊर्जा मन्त्रालयले यो सम्झौताले साउदी अरबको शान्तिपूर्ण परमाणु ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको सहभागिताका लागि ठूलो अवसर सिर्जना गर्ने दावी गरेकाे हाे । सम्झौता सार्वजनिक हुनुअघि अमेरिकी सञ्चारमाध्यमहरूले यसले साउदी अरबलाई आफ्नै भूमिमा युरेनियम प्रवर्द्धन गर्ने अनुमति दिनसक्ने सम्भावना रहेको उल्लेख गरेका थिए ।
यद्यपि, सम्झौताका सबै विवरण भने सार्वजनिक हुन बाँकी नै रहेकाे छ।









प्रतिक्रिया दिनुहोस्