काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघर निवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार कमल ठेकेदार हुन्, भने घनश्याम मिस्त्री हुन् । उनीहरु दुवै जनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे । उनीहरु पानी ट्याङ्कीको सेट्रिङ निकाल्न गएको अवस्थामा निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयले उनीहरु पानी ट्याङ्कीमा रहेको भन्ने थाहा पाएपछि बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी सो स्थानमा पुगेको हो ।
राति उनीहरुको मोटरसाइकल त्यही स्थानमा बेवारिसे अवस्थामा थियो । त्यो मोटरसाइकल प्रहरीले बिहान मात्रै बरामद गरेको थियो । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई निकाल्ने काम भइरहेको छ । ट्याङ्की फोडेर निकाल्न लागिएको छ । निर्माण भइरहेको घर मनिराम चन्दको रहेको खुलेको छ । उनी तुलसीपुरका व्यवसायी हुन् ।









प्रतिक्रिया दिनुहोस्