काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।
वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित ‘जलवायु परिवर्तन र वीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गर्नुभयो । विकास अवधारणा भएकाे चर्चा गर्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभएकाे छ।
सभापति थापाले वीपी काेइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्नुभाे । ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्ने बताउनुभएकाे छ। पार्टीको आगामी कार्यदिशाकाे बारेमा प्रष्ट पार्दै सभापति थापाले आजको कांग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताउनुभयो ।
अग्रजहरूले देखाएको बाटो र उहाँहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । सभापति थापाले प्राप्त सुझाव र ज्ञानलाई पार्टीले नीतिगत तहमा उपयोग गर्दै लैजाने समेत प्रतिवद्धता जनाउनुभउकाे छ।









प्रतिक्रिया दिनुहोस्