Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


कांग्रेसले वीपी स्मृति दिवसकाे अवसरमा गर्याे ५ किलोमिटर ‘ग्रिन रन’ काे आयोजना


26
Shares

काठमाडौं । नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बुधबार ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना गरेको छ ।

जलवायु जनचेतना जगाउन जुटौं भन्ने नाराका साथ युएन पार्कबाट शुरु भएको दौडको सभापति गगनकुमार थापाले बुधबार बिहान उद्घाटन गर्नुभएकाे हाे। ग्रिन रन जावलाखेल पुगेर सम्पन्न हुने भएकाे छ । दौड लगत्तै कांग्रेसले जावलाखेल चोक, फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल गर्दैछ ।

सोही स्थलमा सुपरिचित चित्रकारहरुले जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु समेत पेन्टिङ गर्ने भएका हुन् ।