एजेन्सी। भारत सरकारले पहिलो पटक देशमा डेंगुविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ ।
भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले जापानी औषधि कम्पनी ‘टाकेडा’को ‘क्युडेंगी’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका मानिसमा डेंगु रोकथामका लागि प्रयोग गर्न अनुमति दिएको हो । भारतको स्वास्थ्य मन्त्रालयले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत समीक्षा गरेपछि यो स्वीकृति दिएको जनाएकाे छ। ‘क्युडेंगी’ खोपका दुई मात्रा तीन महिनाको अन्तरालमा लगाइन्छ ।
मन्त्रालयले यो खोपले डेंगु भाइरसका सबै चारवटा सेरोटाइपविरुद्ध सुरक्षा प्रदान गर्ने जनाएकाे हाे। ‘क्युडेंगी’ले युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड र इन्डोनेसियासहित ४२ देशमा स्वीकृति पाइसकेको छ । यसले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ‘प्रिक्वालिफिकेसन’ पनि प्राप्त गरेको हाे।
हालसम्म विश्वभर यसको दुई करोड ४० लाख भन्दा बढी मात्रा वितरण भइसकेको छ । सुरक्षा सम्बन्धी कुनै ठूलो चिन्ताजनक समस्या देखिएको छैन । टाकेडाले भारतमा उत्पादन क्षमता विस्तार गर्न खोप निर्माता कम्पनी ‘बायोलोजिकल ई’सँग सहकार्य गरेको हाे ।









प्रतिक्रिया दिनुहोस्