काठमाडौं । काठमाडौं उपत्यकामा १९ प्रतिशतले सडक दुर्घटनामा कमी आएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८ सय ८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १ सय ६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको हाे । कार्यालयले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको शतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको जनाएकाे छ।
वर्षभरिका दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा सबै भन्दा बढी दुर्घटना शुक्रबार भएको देखिएको छ। शुक्रबार एक हजार १ सय ३ वटा दुर्घटना भएका हुन् । त्यसैगरी सबै भन्दा कम दुर्घटना बुधबार भएको जहाँ ६ सय ४५ वटा दुर्घटना भएकाे तथ्यांकमा उल्लेख गरिएकाे छ।
ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको हाे ।









प्रतिक्रिया दिनुहोस्