काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएकाे छ।
जनकपुरधाम विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्ताे बताउनुभएकाे हाे । पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताउनुभयाे। तीन दलबीचको समझदारी सकिएको हो भन्ने पत्रकारको जिज्ञासामा उहाँले त्यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिनुभएकाे छ।
नेपाली कांग्रेससँग पनि संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै त्यसको टुंगो लाग्ने उहाँको भनाइ थियाे। उहाँले प्रदेशस्तरमा समेत नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत समेत गर्नुभएकाे छ। संयोजक दाहाल महोत्तरी र धनुषामा हुने कार्यक्रममा सहभागि हुने उहाँको सचिवालयले जनाएको हाे









प्रतिक्रिया दिनुहोस्