Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बागमती सरकारबाट एमाले बाहिरियाे, मन्त्रीहरूले आज राजीनामा दिने


13
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार एमाले प्रदेश सरकारबाट बाहिरिको जानकारी दिनुभएकाे हाे । प्रदेश सरकारमा रहेका मन्त्रीहरूले बुधबार राजीनामा दिने नेता थपलियाले बताउनुभयाे।  मिल्न सक्ने शक्तिसँग मिलेर सरकार गठन हुने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गर्ने नेता थपलियाले बताउनुभएकाे छ।

स्रोतका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता थपलियालाई मंगलबार सरकारबाट बाहिरन निर्देशन दिनुभएकाे हाे । अध्यक्ष  ओलीले गुण्डुमा बोलाएर छलफल गर्नुभएकाे थियाे।