काठमाडौं । काठमाडाैंकाे कीर्तिपुरमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं कारमा एक्कासी आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको जनाएकाे छ।
उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । मृतक चालकको सनाखत भने हुन बाँकी रहेकाे प्रहरीले बताएकाे हाे । घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। पछि घटनास्थलमा दमकल समेत पुगेको थियो।
प्रहरीले गाडीमा कसरी आगो लाग्यो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको र घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्