Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


काठमाडौंको बौद्धमा एक महिलाले गरिन् आत्मदाहकाे प्रयास

कीर्तिपुरको बर्न अस्पतालकाे आइसीयुमा राखेर महिलाकाे उपचार जारी

78
Shares

काठमाडौं । काठमाडौंकाे बौद्ध गेट नजिक एक महिलाले आत्मदाहकाे प्रयास गरेकी छन् ।

काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले साेमबार पेट्रोल छर्केर आत्मदाहकाे प्रयास गरेकी प्रहरीले बताएकाे हाे । गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखुमा पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको पनि प्रहरीले बताएकाे छ। अस्पतालका निर्देशक डा. किरण नकर्मीले गुरुङकाे आइसीयुमा राखेर उपचार भइरहेको बताउनुभयाे। उनको २५ देखि ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएकाे छ।

घरायसी झगडापछि उनले आत्मदाहकाे प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएकाे हाे ।