Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


मनसुनजन्य विपद्का घटना बढेपछि कर्मचारीलाई कार्यालयमै बसेर जिम्मेवारी सम्हाल्न सरकारको निर्देशन


65
Shares

काठमाडौं । देशैभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटना बढ्दै गएपछि सरकारले जिल्ला समन्वय समिति र सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै रहेर जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमार्फत विपद्को जोखिम र प्रभावलाई ध्यानमा राख्दै संवेदनशील अवधिभर कार्यालय नछाेड्न आग्रह गरेको हो। मन्त्रालयले जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित रूपमा कार्यालयमा उपस्थित रहन निर्देशन दिएको छ।

परिपत्रमा सम्बन्धित अधिकारीहरूले आवश्यक निर्णय प्रक्रिया, समन्वय तथा सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ। हाल बिदामा रहेका कर्मचारी तथा अधिकारीहरूलाई समेत बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा फर्की आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ।