Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


प्रधानमन्त्री शाहले पूँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्दै


26
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले साेमबार पूँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएकाे छ।

प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार उक्त छलफल साेमबार मध्याह्न १२ बजेदेखि शुरू हुने भएकाे हाे।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाउकाे छ।

पूँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हाे ।