Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै


13
Shares

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामावाद प्रस्थान गर्ने भएको छ ।

यहि जुलाई २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्दले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट र व्यवस्थापकमा सोमबहादुर श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ लगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले स्वर्ण जितेमा खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गर्ने भएका छन् ।