Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी


234
Shares

एजेन्सी। अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ ।

मन्त्रालयले शनिबार राति एक विज्ञप्ति जारी गर्दै पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था जटिल बन्दै गएको र परिस्थिति कुनै पनि बेला थप बिग्रन सक्ने जनाएको हाे। जारी विज्ञप्तिमा विशेष गरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई उच्च शतर्कता अपनाउन र तीव्र रूपमा परिवर्तन भइरहेका सुरक्षा घटनाक्रमकाे बारेमा निरन्तर जानकारी राख्न आग्रह गरिएको छ ।

मन्त्रालयले नागरिकलाई स्थानीय समाचार नियमित रूपमा हेर्न, आफ्नो सबैभन्दा नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासले जारी गर्ने सुरक्षा निर्देशनको पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षात्मक कदम चाल्न समेत अनुराेध गरेकाे हाे।