Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


राजविराज कारागारमा विवाद : पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास


221
Shares

काठमाडौं ।
सप्तरीको राजविराज कारागारमा विवाद भएको छ । शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।

कारागारका रुपक मण्डलका अनुसार दुईरतीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए ।

कुन विषयमा किन विवाद भएको भन्ने खुलेकाे छैन् । आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनको दाबी छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारलाई समान्य कुटपिट गर्दा विवाद भएको जानकारी दिए । कैदीलाई समझाईबुझाई गर्दा अहिले अवस्था नियन्त्रणमा रहेको बताइएकाे छ । घटनाबारे थप छलफल तथा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।