काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल २५ दिनपछि थुनामुक्त हुनुभएकाे छ।
विशेष अदालतले शुक्रबार उपाध्यक्ष पाैडेललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । उहाँलाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेकाे समयमा उहाँ अनायास पक्राउ पर्नुभएकाे थियाे । उहाँलाई हायस गाडीमा हालेर काठमाडौं ल्याइएको थियो ।
उपाध्यक्ष पाैडेलको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले पनि उहाँको पक्षमा निर्णय आएकाे थिएन । महान्यायाधिवक्ता कार्यालयले मुद्दा हालेपछिको थुनछेक बहसमा अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छोडिदिएको छ ।
अदालतको आदेश लगत्तै यहि साउन २८ गतेको तारेख बुझेर उपाध्यक्ष पाैडेल घरमा जानुभएकाे हाे। उहाँलाई लिन परिवारका एक सदस्य र एमालेका नेता विष्णु रिजाल आएका थिए ।









प्रतिक्रिया दिनुहोस्