Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


विश्वकप फुटबलको फाइनल खेल हुने न्यूयोर्क न्यूजर्सी स्टेडियमलाई बाक्लो धुवाँले ढाक्याे

वायु प्रदूषण सम्बन्धी अलर्ट जारी

26
Shares

काठमाडौं । क्यानाडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले फिफा विश्वकप फुटबलको फाइनल खेल हुने ‘न्यूयोर्क न्यूजर्सी स्टेडियम’ लाई ढाकेको छ ।

यहि साउन ३ गते आइतबार हुने स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित उपाधि भिडन्तअघि रंगशाला क्षेत्र धुवाँमय बनेपछि यस क्षेत्रमा वायु प्रदूषण सम्बन्धी अलर्ट जारी गरिएको हाे । सार्वजनिक भएका दृश्यहरूमा क्यानडाको डढेलोको धुवाँका कारण रंगशाला र वरपरको क्षेत्र तुवाँलो लागेझैँ धमिलो देखिएको छ ।

खेलको समय अगाडि वायुको गुणस्तर खस्किएपछि सर्वसाधारण तथा खेलप्रेमीमा चिन्ता बढेको हाे । मौसमविद्ले अब हुने वर्षाले खेल शुरु हुनुअघि मौसम सफा गर्न सक्ने अनुमान गरेका छन् ।