काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो । दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ।
पछिल्लाे समय यस्ता अपराधिक गतिविधिहरु देशैभर बढ्ने क्रम जारी रहेकाे प्रहरी बताएकाे हाे । यी अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि प्रहरी टाेली देशैभर खटिएकाे छ ।









प्रतिक्रिया दिनुहोस्